महोत्तरीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।
महोत्तरीको पिपरा गाउँपालिकालगायतको स्थानमा विभिन्न पदका लागि भएको उपनिर्वाचनमा ७० प्रतिशत मतदान भएको निर्वाचन आयोगको कार्यालय महोत्तरीले जनाएको छ।
शनिवार बिहान ७ बजेदेखि ५ बजेसम्म जिल्लाको पिपरा गाउँपालिकामा अध्यक्ष, बलबा नगरपालिकाको वडा नम्बर २ र ८ मा वडाध्यक्ष र मटिहानी नगरपालिकामा वडा नम्बर ६ वडाध्यक्षका लागि मतदान भएको हो।
निर्वाचन अधिकृत पुष्पा झाले अहिले मुचुल्लका उठाउने कार्य भई रहेको र सर्वदलीय सहमति भए शनिबार रातिदेखि नै मतगणना हुने जानकारी दिइन्।
उनका अनुसार पिपरा गाउँपालिकामा ७० प्रतिशत, बलवा नगरपालिका वडा नम्बर २ र ८ मा ६९ प्रतिशत र मटिहानी वडा नम्बर २ मा ७० प्रतिशत मतदान भएको हो।
सेतोपाटीबाट