राजेन्द्र महतो, लहान
जिल्ला अदालत सिरहामा कार्यरत एक जना चालक घूससहित रङेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बिहीबार १ लाख १० हजार घुस लिदैँ गरेको अवस्थामा जिल्ला अदालत सिरहामा कार्यरत चालक ब्रिजमोहन यादवलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
जिल्ला अदालत सिरहाका ३ नम्बर इजलाशका न्यायाधीश नारायण पौडेलका सवारी चालक रहेका यादवले अदालतमा विचारधीन रहेको लागुऔषधको मुद्दा मिलाइदिने भनेर सिरहाको खड्ग होटलमा १ लाख १० हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनलाई अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।