वडा अध्यक्षले प्रअलाई हालपात, सोही कार्यक्रममा मुख्यमन्त्री साइकल बाँड्दै

वडा अध्यक्षले प्रअलाई हालपात, सोही कार्यक्रममा मुख्यमन्त्री साइकल बाँड्दै

सोही कार्यक्रममा प्रअ र विद्यार्थी बिच पनि कुटाकुट विद्यालयमा मुख्यमन्त्री राउतेल बाँडे साईकल

महोत्तरी, साईकल वितरण कार्यक्रमको अध्यक्षता ग्रहण गर्न नदिएपछि वडाध्यक्षले विद्यालयका प्रधानाध्यापकमाथि हातपात गरेका छन् । महोत्तरीको वलवा नगरपालिका ७ स्थित रहेको श्री माध्यमिक विद्यालय बनौटाका प्रध्यानाध्यापक महेशकुमार झामाथि वडाध्यक्ष विजय महतोले हातपाट गरेका हुन् ।

बिहीबार उक्त विद्यालयका कक्षा ८ का छात्राहरुलाई प्रदेश २ सरकारको मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साईकल वितरण कार्यक्रम आयोजन गरिएको थियो । प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउत रहेको कार्यक्रमको अध्यक्षता ग्रहण गर्ने विषयमा विवाद हुँदा वडाध्यक्ष महतोले प्रअ झामाथि हातपात गरेका छन् ।

आफ्ना प्रअलाई वडाध्यक्षले हातपात गरेको भन्दै प्रतिवादमा विद्यार्थीले वडाध्यक्ष महतोको घर घेराउ गर्नुको साथै वडा कार्यालयमा ढुगांमढा र तोडफोड समेत गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहि विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थीहरुको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ ।

त्यहाँ एकातर्फ विद्यार्थीहरु वडाध्यक्षमाथि आक्रमक भएर प्रदर्शनमा रहेको बेला अर्को तर्फ विद्यालयका वातावरण समान्य बनाएर साईकल समेत वितरण गरिएको छ । मुख्यमन्त्री राउतले कक्षा ८ का छात्राहरुलाई साईकल वितरण गरेर फर्किएका छन् ।
अहिले विद्यालयको अवस्था समान्य रहेको र विवाद मिलाउने प्रयास जारी रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
टुडेपाटीबाट

सम्बन्धित खवर