गाउँपालिका अध्यक्षकै कार्यकक्षमा आगजनी

गाउँपालिका अध्यक्षकै कार्यकक्षमा आगजनी

राजेन्द्र महतो, लाहान

सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा बुधबार बिहान अज्ञात समुहले आगजनी गरेको छ। आगजनीबाट गाउँपालिका अध्यक्ष सन्तोष महतोको कार्य कक्षको फर्निचर र केही महत्त्वपूर्ण कागजात पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरीकार्यालय सिरहाले जनाएको छ ।

आगलागी स्थानीय र प्रहरीले मिलेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो घटनास्थलबाट अभिनन्दन बालबालिका स्वतन्त्र पार्टीको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले बताएका छन् । घटनाबारे अनुसन्धानको लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

सम्बन्धित खवर