ताप्लेजुङमा जनप्रतिनिधिविहीन समाजवादी पार्टी

ताप्लेजुङमा जनप्रतिनिधिविहीन समाजवादी पार्टी


भाद्र ६, २०७६
एकमात्र जनप्रतिनिधिले पार्टी छोडेपछि समाजवादी पार्टी जिल्लामा जनप्रतिनिधिविहीन भएको छ । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वा्चित मिक्वाखोला गाउँपालिका ५ पापुङका वडाध्यक्ष डण्डु शेर्पा नेकपामा प्रवेश गरेका हुन् ।

नयाँ शक्ति र संघीय समाजवादी पार्टी एकीकरणपछि उनी पनि समाजवादी पार्टीमा थिए। नेकपाका सचिवालय सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले उनलाई पार्टी प्रवेश गराए। डण्डु नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पाका भाइ पनि हुन्। डण्डुसँगै १ सय ३५ जना प्रवेश गरेको नेकपा ताप्लेजुङले जनाएको छ। मिक्वाखोला गाउँपालिकामा नेकपाबाट अब २ जना वडाध्यक्ष भएका छन्।

५ वडा रहेको यो गाउँपालिकामा ३ जना कांग्रेस, एक जना नेकपा र एक नयाँशक्ति पार्टीका उम्मेदवारले वडामा जितेका थिए ।

उता समाजवादी पार्टीका संयोजक एमवी तमुले शेर्पा बिहीबारकै मितिबाट पार्टीको साधारण सदस्य पनि नरहेको उल्लेख गरेका छन्।
सहयोग कान्तिपूर

सम्बन्धित खवर