नेफ्स्कुनको ३२ औं स्थापना दिवस सम्पन्न

नेफ्स्कुनको ३२ औं स्थापना दिवस सम्पन्न

इटहरी, नेपाल बचत तथा ऋृण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कुन को ३२ औं स्थापना दिवस इटहरी फिल्ड अफिसले एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

इटहरी फिल्ड अफिस मातहत रहेर विभिन्न क्षेत्रमा उत्कृष्ठ काम गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुलाई सम्मान गर्दै स्थापना दिवश मनाएको हो । फिल्ड अफिस अन्तर्गत रहेका सहकारीहरु मध्ये उत्कृष्ठ शेयर कारोवार गर्ने इटहरीको शुभलाभ बचत तथा ऋृण सहकारी, बचत तर्फ लेटाङको फडानी बचत तथा ऋण सहकारी संस्था, ऋण तर्फ सुन्दरपुर बचत तथा ऋण सहकारी लगायतका बचत तथा ऋण सहकारी संस्थाहरु कार्यक्रममा सम्मानित भएका हुन् । सम्मानित सहकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेससभाका सभामुख प्रदिपकुमार भण्डारीले सम्मान गरे ।

नेफ्स्कुन सञ्चालक तथा इटहरी फिल्ड अफिस व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा शालिकराम ढकाल लगायतले नेफ्स्कुनका गतिविधिहरुका विषयमा बोलेका थिए ।

सम्बन्धित खवर