रतुवामाई बैदेशिक रोजगार समन्वय समितिको सम्पर्क कार्यालय स्थापना

रतुवामाई बैदेशिक रोजगार समन्वय समितिको सम्पर्क कार्यालय स्थापना

मोरङ, मोरङको रतुवामाई नपाबाट बैदेशिक रोजगारीमा रहेका युवाहरुको समुहले नगरमा स्वरोजगारका काम गर्ने उद्देश्यले “रतुवामाई रोजगार समन्वय समिति” गठन गरेको छ । गटित समितिले विभिन्न वडाहरुमा आफ्ना सम्पर्क कार्यालयहरु स्थापना गरिरहेको छ । समितिले विहिबार वडा नं. ९, ६ र ५ मा गरेर ३ वटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको समितिका सचिव मिलन बरालले जानकारी दिए ।

समितिले वडा नं. ९ को भौडाँहा, वडा नं. ६ को सौँठा, वडा नं. ५ को गोविन्दपुरमा सम्पर्क कार्यलय स्थापना गरेको हो । बैदेशिक रोजगारमा रहेका युवाहरुले आफ्नै नगरमा स्वरोजगारका लागि कृषिमा लगानी गर्ने मुख्य योजना बनाएका छन् । प्रवासको सीप र जुँजीलाई आफ्नै नगरमा खर्चेर स्वरोजगारका लागि उद्यम गरिने अध्यक्ष ठगेन्द्र न्यौपाने बताए । आगामी मंसिर महिना देखि समितिले उद्यमका कामहरु थाल्ने भएको छ । हाल प्रत्येक वडाहरुमा समिति, उपसमितिहरु, सम्पर्क कार्यालयहरु स्थापन गर्ने लगाएतका कामहरु भइरहेको सिजुवा उप समितिका सहसचिव रुपेश ढकालले जानकारी दिए ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: