शसस्त्र प्रहरीद्वारा २४ सय अबैध बोइलर कुखुराको चल्ला चल्ला नष्ट

शसस्त्र प्रहरीद्वारा २४ सय अबैध बोइलर कुखुराको चल्ला चल्ला नष्ट

राजेन्द्र महतो, लहान

सिरहा नगरपालिका १९ स्थित अरहामा भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउदै गरेको करीब २४ सय अबैध बोइलर कुखुराको चल्ला शसस्त्र प्रहरी सिरहाले बरामद गरी नष्ट गरेको छ। शसस्त्र प्रहरी बल बिओपि इटाटार सिरहाबाट सप्रनि मुनाकान्त झाको कमान्डमा खटिएको प्रहरी टोलीले १ लाख २० हजार मुल्य बराबरको २४ काटुन करीब २४ सय बोइलर कुखुराको चल्ला बरामद गरेको हो ।

तस्करहरुले टाउकोमा काटुन बोकी ल्याउदै गर्दा उक्त कुखुराको चल्ला बरामद गरेको हो । तस्करले प्रहरीलाई हेर्दा चल्लाको काटुन छोडेर फरार भएको प्रहरीले जनाएको छ । बरामद भएको कुखुराको चल्लाआबशयक कारवाहीको लागि जिल्ला पशु क्वारेनटाइन कार्यालय सिरहामा बुझाइ क्वारेनटाइन पधिकारी र स्थानीय प्रतिनिधिको रोहवरमा शसस्त्र प्रहरी नं. ७ गण हेडक्वाटर सिरहाको हाता भित्र खालडो खनी नष्ट गरेको शसस्त्र प्रहरी नं. ७ गण हेडक्वाटर सिरहाले जनाएको छ ।


सम्बन्धित खवर