आदिवासी नेताहरु किरात प्रदेशको पक्षमा

आदिवासी नेताहरु किरात प्रदेशको पक्षमा

देवेन्द्र किशोर ढुंगाना, विर्तामोड

झापामा आदिवासी नेताहरुले प्रदेश नं. १ को नामाकरण जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा भावनाको सम्मान हुने गरी किरात प्रदेश सहमतीय प्रणालीबाट राख्न सुझाव दिएका छन् ।

१ नं. प्रदेशको ईतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर यस क्षेत्रका आदिवासी जनजाति लगायत सबैको भावनाको सम्मान हुने गरी प्रदेशको नामाकरण गर्न सुझाब दिएका हुन् ।

बिहिबार बिर्तामोडमा सम्दवा समुहले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी अधिकांश नेताहरुले प्रदेशको नाम किरात र प्रदेश मातहत झापा, मोरङ र सुनसरी जिल्लालाई समेटेर स्वशासित, संरक्षित क्षेत्र घोषणा गर्न जोड दिएका छन् ।

अन्तक्र्रिया कार्यक्रममा कोचिला गाभूर फ्रन्ट, राजबंशी समाज बिकास समिति, गनगाई महिला परिषद, तराईमूल माझी कल्याण परिषद, थारु कल्याणकारी परिषदका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम समवाद समूह झापाका एकराज गिरी, दिपेन्द्र भट्टराईले सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर