दुवै मृगौला फेल भएका धन बहादुरलाई आर्थिक सहयोग

दुवै मृगौला फेल भएका धन बहादुरलाई आर्थिक सहयोग

पथरी, मोरङको पथरीशनिश्चरे ४ का २८ वर्षीय धन बहादुर विश्वकर्माको दुवै मृगौला फेल भए पछि यतिवेला सहयोगको याचना गरिरहेका छन् । उनको घरको आर्थिक अवस्था समेत निकै कमजोर भएका कारण सबैले मिलेर रकम जुटाउने प्रयत्न भइरहेको छ ।

विगत ५ महिना देखि दुवै मृगौला फेल भएका विश्वकर्मालाई विहिबार चन्द्रमा युवा क्लवले ७२ हजार ८७६ रुपैया नगद सहयोग हस्तान्तरण गरेको छ । आफ्नै गाउँका युवालाई परेको समस्यामा सबैले सहयोग गरौँ भन्दै श्रावण २ गते देखि क्लवले पथरी, शनिश्चरे, किर्तिपूर लगाएतका स्थानमा रहम संकलन सुरु गरेको थियो । एक हप्ता सम्म संकलन गरेर सो रकम हस्तान्तरण गरिएको क्लवका अध्यक्ष मुनाल बहादुर राईले जानकारी दिए । हाल उनले रकम अभावकै कारण आयुरवेदिक औषधी सेवन गरिरहेका छन् । पहिला भन्दा केही मात्रामा स्वास्थ्य सुधार हुँदै आएका कारण अब रकमको अभाव नभएमा उनको उपचार सफल हुने वडा नं. ४ का वडा सदस्य अमर बराइलीले बताए ।

भिडियो

सम्बन्धित खवर