माछापुच्छ्रे बैंकमा खाता छ ? हेर्नुस उपचारमा यस्तो छ छुट

माछापुच्छ्रे बैंकमा खाता छ ? हेर्नुस उपचारमा यस्तो छ छुट

वीरगंज, माछापुच्छ्रे बैंकमा खाता खोलेका सेवाग्राहि सर्वसाधारणले अब उपचारमा विशेष छुट पाउने भएका छन् । माछापुच्छ्रेका सेवा ग्राहीका लागि वीरगंजको गण्डकमा रहेको नारायणी वयोधा अस्पतालमा उपचार गराउँदा विशेष छुट दिइने भएको हो ।

बैंक र अस्पताल विच आज भएको सहमति अनुसार माछापुच्छ्रे बैंकमा खाता रहेका सेवाग्राहि, माछापुच्छ्रे बैंकको डेविट, क्रेडिट र प्रिपेड कार्ड लिएका सेवाग्राहि, बैंकको शेयरधनी, बैंकका कर्मचारी र तिनका आश्रीत परिवारले अस्पतालको विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका हुन् ।

माछापुच्छ्रे बैंक र अस्पताल विच भएको सहमति अनुसार बैंकका ग्राहक र बैंक कर्मचारी सहित आश्रीत परिवारले बेड चार्ज, प्रयोगशाला, एक्सरे, मुटुरोग, चिकित्सक सेवा शुल्क र स्वास्थ्य परिक्षणमा १० प्रतिशत छुट पाउने माछापुच्छ«े बैंक वीरगंज शाखाका कर्मचारी शुदर्शन अर्यालले जानकारी दिनुभयो । त्यस्तै उल्लेखीत मापदण्ड पुरा गरेका बैंकका सदस्यले अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा वीरगंज र सिमराको विचमा आवश्यक पर्ने एम्बुलेन्स सेवा समेत निशुल्क पाउने भएका छन् । बैंकले आफ्ना सेवाग्राहि र सर्वसाधारणका लागि विभिन्न समयमा आयोजना गर्ने स्वास्थ्य सचेतना कार्यक्रममा पनि अस्पतालले सहकार्य गर्ने भएको हो ।

सेवाग्राहि सर्वसाधारणको विभिन्न रिस्कलाई सम्बोधन गर्दै आएको माछापुच्छ्रे बैंकले सेवाग्राहिको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै यस्तो सम्झौता गरीएको माछापुच्छ्रे बैंक वीरगंज शाखा प्रमुख दिलीप बरालले जानकारी दिनुभयो । सम्झौतामा अस्पतालका तर्फबाट प्रवन्ध निर्देशक डा. रजनिश भारती तथा माछापुच्छ्रे बैंकका तर्फबाट प्रदेश नं. २ का प्रमुख लिलाराम थापाले हस्ताक्षर गरेका छन् । समझौता कार्यक्रममा नारायणी बयोधा अस्पतालका अपरेसन मैनेजर सैलेन्द्र सिंह, मार्केटिग्ङ हेड दिपेन्द्र श्रेष्ठ, इमालुल हक अंसारीको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर