दुहबी बजार तनाबग्रस्त

दुहबी बजार तनाबग्रस्त

मोरङ, घुँडाको अपरेशनको क्रममा सुनसरीको दुहबीका अनिलकुमार साहको नोबेल अस्पतालमा ज्यान गएपछि मृतकका आफन्तले दुहवी बजार ठप्प पारेका छन् । मृतकका आफन्तले शब नै नबुझिकन विरोधमा उत्रिएका हुन् ।

आईतवार नोवेल अस्पताल अगाडी धर्नामा बस्दै प्रदर्शन गरेका मृतकका आफन्तले सोमबार पनि नोबेलमा धर्ना जारी राखेका छन् । कोशी राजमार्ग अन्तरगतको दुबही क्षेत्रमा सडकमा प्रदर्शन गरेर स्थानीयले यातायात अबरुद्ध पारेका हुन् । उपचारमा संलग्न चिकित्सकलाई कार्वाहीको माग गर्दै आएका मृतकका आफन्तले सोमबार बिहानै देखि सडक अबरुद्ध पारेका हुन् ।

आईतवार रातीसम्म वार्ता भएपनि कुनै निश्कर्ष नआएपछि पीडित सडकमा पुगेका हुन् । अस्पतालले मृतकका परिवारलाई २ लाख दिने गरी सहमती गर्न खोजेपछि मृतकलाई फिर्ता ल्याईदिए १ करोड दिने भन्दै उठेपछि वार्ता भाँडिएको थियो । वार्ताको बारेमा पटक पटक पहल भईरहे पनि डा. सुनिलसँग नबस्दासँम्म कुरा मिल्ने संभावना कम रहेको प्रहरीले जनाएको छ ।
बिहिवार उपचारको लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का अनिलकुमार साहको आईतवार बिहान ज्यान गएको हो ।

सोनापुरमा रहेको एसियन थाईफुड्समा कार्यरत साह कार्यालयमा पार्किङमा मोटरसाईल राख्ने क्रममा लडेर खुट्टामा चोट लागेको थियो । खुट्टामा चोट लागेर उपचार गराएका साहको उपरेशनको क्रममा ज्यान गएपछि आफन्तले डाक्टरको लापरवाहीको कारण ज्यान गएको बताएका हुन् । मृतकका भाई प्रदिप साहले डाक्टरले औषधिमा कैफियत गरेको हुनसक्ने आशंका गरेका छन् ।

आफन्तले गरेको दुहबी बजार बन्दका कारण त्यहाँबाट सार्बजनिक सवारीका साधन चल्न सकेका छैनन् भने पुर्बजाने सवारीका साधनहरु पुष्पलालचोक हुँदै बिराटचोक हुँदै गन्तब्यमा जान थालेका छन् ।
ओवीको सहयोगमा

सम्बन्धित खवर