कुवेतमा एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको ज्यान गयो

कुवेतमा एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको ज्यान गयो

काठमाण्डौ–कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन नेपालीको ज्यान गएको छ । शुक्रबार भएको आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र गौरी दर्जीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले जानकारी दिए।

प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र घटनाबारे पूर्ण विवरण आउने पनि उनले बताए । मृतकको शव फर्वानिय अस्पतालमा राखिएको छ। अस्पतालमा दूतावासको टोली गएकाले थप नेपाली घाइते भए नभएकोबारे अहिले पुष्टि नभएको पनि मगरले जानकारी दिए । ‘हामीले जानकारी संकलन गरिरहेका छौं, तर घाइतेबारे जानकारी पुष्टि भएको छैन’ उहाँले भने । मृत्यु हुने कम्पनीका कामदार हुन् या घरेलु कामदार भन्ने थाहा हुन बाँकी छ ।

सम्बन्धित खवर