आगलागीबाट पिडित बनेकालाई नगरको सान्तवना

आगलागीबाट पिडित बनेकालाई नगरको सान्तवना

असार, मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ८ का व्यवसायी कैलास शाहको पसल समेत रहेको घरमा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै नगरका जनप्रतिनिधिहरुले सहयोग र सान्त्वना प्रदान गरेका छन् ।

नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहित ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, कार्यपालिका सदस्य, वडा सदस्यहरु आज त्यहाँ पुगेर पिडीत परिवारलाई सान्त्वना दिँदै क्षतिपूर्तीमा पहल गर्ने वताउनु भयो । पिडीत परिवारले रुदैँ उपप्रमुख वास्तोला सहितका जनप्रतिनिधिलाई अंगालो हालेका थिए । यस्ता आपत विपतमा आफुहरु सधै नगरवासीलाई साथ र सहयोग दिन तत्पर रहेको वताउँदै जनप्रतिनिधिहरुले पिडीत परिवारलाई धैर्य गर्न आग्रह गर्नुभयो । ८ नम्वर वडा कार्यालयकोतर्फबाट वडाको विपद् व्यवस्थापन कोषमार्फत तत्काललाई १० हजार रुपैयाँ राहत प्रदान गरिएको वडाध्यक्ष दहालले वताउनु भयो ।

गएरातीको आगलागीबाट ५ कोठे पक्की घरका सम्पूर्ण सरसामान लत्ताकपडा, भाडावर्तन, खाध्यान्न जलेर नष्ट भएको थियो । आगलागीमा परेर २ वटा मोटरसाइकल समेत जलेका छन् । शाहको घरमा ग्यासको डिलर पेट्रोल डिजेल समेतको ब्यापार रहेकाले पनि आगो ग्यास र पेटेलमा सल्किएर निभाउन समस्या भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
राती २ बजे उठेको आगो विहान ४ः३० बजे मात्र नियन्त्रणमा आएको थियो । दमक र सुन्दरहरैचाको दमकल, प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करिब ७५ लाख ६ हजारको क्षति भएको प्रहरीको तथ्याङ्क छ । विद्युत सर्ट भएको अनुमान गरिएपनि पानी परेर ओसिएको अवस्थामा भएको आगलागीको यकिन कारण भनें खुलिसकेको छैन ।

त्यसैगरी, नगर प्रमुख राई, उप्रमुख वास्तोला सहितका जनप्रतिनिधिले वर्षाका कारण डुवानमा परेका तथा क्षति पुगेका घर परिवारमा पुगेका छन् । अनुगमन् समिति संयोजक समेत रहनु भएकी वास्तोला सहितको टोली चालु आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको अनुगमन् समेतमा दैनिक व्यस्त बनेको छ ।

सम्बन्धित खवर