मध्यरातमा आगलागी, ७५ लाख बराबरको क्षति

मध्यरातमा आगलागी, ७५ लाख बराबरको क्षति

पथरी, मोरङको पथरीशनिश्चरे ८ मंगलबारेमा आगलागी हुँदा ७५ लाख ६ हजार बराबरको क्षति भएको छ । गएराति स्थानीय कैलाश शाहको घरमा आगलागी भएको हो ।

राति २ बजेतिर आगलागी भएको थियो । स्थानीय, इलाका प्रहरी कार्यालय पथरीको टोली, शसस्त्र प्रहरी, सुन्दरहरैँचा र दमकको दमकलको सहायतामा राति ४ः३० बजेतिर सो आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घरमा भएका लत्ता कपडा, खाद्यान्न, काठ लगाएतका सामान जलेर नष्ट भएको इप्रका पथरीले जनाएको छ ।

२ तले पक्की घरमा ग्याँस, डिजेल लगाएतको प्रज्वलनशिल पदार्थ रहेका कारण आगो नियन्त्रणमा समस्या भएको थियो । समयमा नै सबैजना जुटेकाले ग्याँसका ४ वटा सिलिन्डर मात्रै पड्कीएको स्थानीय नविनजंग कार्कीले जानकारी दिए । सो आगलागीमा २ तले पक्की घरमा रहेको सामान सहित २ वटा मोटर साइकल समेत जलेको कार्कीले जानकारी दिए । आगलागी विधुत चुहावटका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खवर