हुकिङ गरी विद्युत चोरी गर्ने आठ जना नियन्त्रणमा

हुकिङ गरी विद्युत चोरी गर्ने आठ जना नियन्त्रणमा

मोरङ–विद्युत चोरीको आरोपमा बिद्युत प्राधिकरणले जहदा गाउँपालिकाबाट आठ जनालाई पक्राउ गरेको छ । बिद्युत हुकिङ गरी चोरी गरेको फेला पारेपछि प्राधिकरणको टोलीले मानिसलाई पक्राउ गर्नुका साथै सामाग्रीहरु समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा जहदा गाउँपालिका २ का नागेश्वर मण्डल, धर्मनाथ पासवान, रघुनाथ पासवान, मञ्जु मण्डल, सिताराम पासवान, रामचन्द्र पासवान, श्रवण मण्डल र जितेन्द्र प्रसाद मण्डल रहेका छन् । कटहरी फ्युज उपकेन्द्र अन्तरगत जहदा गाउँपालिका वडा नम्बर २ मा गएराती १० बजे विराटनगर वितरण केन्द्रबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । टोलीले २ थान पंखा र २ थान मोटर समेत बरामद गरेको विराटनगर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले जानकारी दिए ।

विद्युत प्राधिकरण बिराटनगर वितरण केन्द्रले चोरी नियन्त्रण अभियानलाई तिब्रता दिएको छ । त्यस्तै बिभिन्न समयमा आउने प्राबिधिक त्रुटीलाई समेत ब्यवस्थापन गर्ने कामहरु भईरहेको सिंहले बताए ।

सम्बन्धित खवर