सिरहा नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै काँग्रेस द्वारा ज्ञापन पत्र

सिरहा नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै काँग्रेस द्वारा ज्ञापन पत्र

राजेन्द्र महतो, लहान

नेपाली काँग्रेस नगर समिति सिरहाले बुधवार सिरहा नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै सिरहा सदरमुकाममा प्रदर्शन गरेको छ ।

काँग्रेसले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई नगरपालिकामा भइरहेको अनियमितता विरुद्ध ज्ञापन पत्र समेत बुझाएको छ।

काँग्रेस नेता तथा कार्यकर्ताहरु सिरहा बजारमा प्रदर्शन गर्दै नगरपालिकाको कार्यालय पुग्दा कार्यालयमा मेयर अशेश्वरप्रसाद यादव, उपमेयर डा. नमिता यादव र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई उपस्थित नरहदा बाध्य भएर काँग्रेसले अधिकृत सुबोध लामालाई ज्ञापनपत्र बुझाएका छन् ।

नगरपालिकाभित्र गठन गरिएका उपभोक्ता समितिहरु सार्वजनिक गर्नुपर्ने, नागरिकता सिफारिस जस्ता व्यक्तिगत सिफारिस निःशुल्क गर्नुपर्ने, नियमित सूचना प्रवाहको लागि सूचना शाखा र सूचना अधिकारीको व्यवस्था, नगरवासीमाथि अतिरिक्त कर लगाउने कार्य बन्द गर्नुपर्ने लगायतका माग नेपाली काँग्रेस नगर समिति सिरहाले गरेको छ ।

सम्बन्धित खवर