निशुल्क आँखा शिबिर सम्पन्न, १८४ जनाले निःशुल्क आँखा जाँच गराए

निशुल्क आँखा शिबिर सम्पन्न, १८४ जनाले निःशुल्क आँखा जाँच गराए

राजेन्द्र महतो, लहान

सिरहामा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा एकीकृत विकास केन्द्र भवानीपुरद्वारा संचालित उक्त शिविरमा १८४ जनाले निःशुल्क आँखा जाँच गराएका छन् ।

धनगढीमाई नगरपालिका– २ भवानीपुरमा आयोजना गरेको सो शिविरमा १८४ जनाले आँखा जाँच गराएका मध्ये ४७ जना मोतियाविन्दुका बिरामी फेला परेको केन्द्रका कार्यक्रम संयोजक कपलेश्वर साहले बताएका छन् ।

मोतियाविन्दु फेला परेका बिरामीलाई उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल लहानमा लगिएको छ । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा. राजकुमार यादव, अविनाश चौधरी, वीरेन्द्र साह लगायतको सहभागिता थियो ।

सम्बन्धित खवर