सहिद परिवारको भैंसी पूर्वमन्त्रीको गोठमा

सहिद परिवारको भैंसी पूर्वमन्त्रीको गोठमा

राजेन्द्र महतो, लहान

प्रदेश न. २ सरकारले सहिद परिवारको नाममा पाट्रिका नेता तथा मन्त्रिहरुहरुलाई वितरण गरेको छ । मधेस आन्दोलनमा प्रहरीको गोली लागेर सहिद तथा घाइते भएका परिवारका लागि नगद तथा भैंसी वितरण कार्यक्रम अन्तर्गत सिराहामा पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको पाइएको हो ।

सिरहामा सरकारले बाँडेको भैंसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् । पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिद परिवारका नाममा आएको भैंसी पाएका छन् । उनीहरुलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैंसी हस्तान्तरण गरेका थिए ।

मधेस आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए । यो जिल्लामा सरकारले १८ परिवारलाई भैंसी बाँडेको छ । तर, तीन सहिद परिवारले भने भैंसी पाएका छैनन् ।


सम्बन्धित खवर