पथरीशनिश्चरेको नगर सभा असार १० मा हुने

पथरीशनिश्चरेको नगर सभा असार १० मा हुने

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाले असार १० गते नगरसभा गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको आजको बैठकले असार १० गते हुने नगरसभाका लागि वडाको सिलिङ बजेटमाथि छलफल गर्दै विषयगत समिति र योजना तर्जुमा समितिको बैठक अघि बढाइएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भएको छ ।

नगरसभाको तयारीका लागि योजना तर्जुमा समितिको बैठक भनें निरन्तर सञ्चालन भइरहेको छ ।

१० वटा वडा रहेको नगरमा आर्थिक वर्ष ०७६/७७ का लागि १ करोड रुपैयाँको दरले वडाको बजेट सिलिङ तय भएको छ ।

सम्बन्धित खवर