उपमेयरको आरोप, मेयर र अधिकृत मिलेर चरम भ्रष्ट्राचार गरे

उपमेयरको आरोप, मेयर र अधिकृत मिलेर चरम भ्रष्ट्राचार गरे

रौतहट, रौतहटको इशनाथ नगरपालिकामा चरम भ्रष्ट्राचार गरेको आरोप सोही नगरपालिकाकी उपमेयरले लगाएकी छन् । उपमेयर हुस्नारा खातुनले पत्रकार सम्मेलन नै गरेर मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतले चरम भष्ट्राचार गरेको आरोप लगाएकी हुन् ।

नगर कार्यपालिकालाई समेत वाइपास गरेर नगरप्रमुख सन्तोष मेहता र प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले नगरलाई मेयर मुखी बनाएको आरोप खातुनले लगाएकी छन् । संविधानले उपमेयरलमई दिएको अधिकारको समेत वेवास्ता गर्दै मिलेमत्तोमा चरम भष्ट्राचार गरेको खातुनले बताइन् । विकास निर्मार्णमा समेत कमसल र कम गुणस्तरको सामान प्रयोग गरेर बजेट सिध्याउने खेल गरिरहेको खातुनले बताइन् । उपमेयरको सम्पूर्ण अधिकारलाई बाइपास गरेर दुवैजनाले नैतिक तथा आर्थिक भ्रष्टाचार गरेको आरोप उपमेयर खातुनले लगाएकी हुन् ।

चालु आर्थिक बर्षको अन्त्य हुन लाग्दा पनि वडाहरुको बजेट, उपमेयरको बजेट र मेयरको बजेट कति सिलिंग गरिएको सम्बन्धमा कुनै जानकारी नदिएको, जानकारी लिन खोज्दा मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतले दिन नमानेको आरोप खातुनको छ। उपमेयरलाई नगरपालिकाको काम सम्बन्धी कुनै जानकारी नै नगराउने नियत दुवैजनाको भएको आशंका उपमेयरको छ।

अहिलेसम्म न्यायिक इजलाशसमेत बन्न नसकेको गुनासो गर्दै उपमेयर खातुनले न्यायिक समितिको नाममा निस्कने बजेट मेयरका मान्छेहरु उपभोक्ता समिति बनाएर चलाउने गरेको आरोप लगाउँदै न्यायिक समितिको बजेटबारे नै छानबिन हुनुपर्ने बताएकी छन्।

बहुमत सदस्य भए पनि कार्यपालिकालाई वाइपास गरेर मेयर सडक बोर्डको रकमबाट निर्माण भएको बाटो, आफनै नातागोतालाई उपभोक्ता समितिमा राखेको, विजुलीका सामान लगायत आवश्यक सामग्री खरिदमा चरम अनियमितता गर्दै आएको भए पनि सम्बन्धित निकायबाट कुनै वास्ता नगरिँदा आफू आश्चर्यमा परेको बताएकी छिन्।

सम्बन्धित खवर