प्रअहरूलाई नेतृत्व विकास तथा व्यवस्थापनसम्बन्धी तालिम

प्रअहरूलाई नेतृत्व विकास तथा व्यवस्थापनसम्बन्धी तालिम

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई शुक्रबार दुई दिने नेतृत्व विकास तथा व्यवस्थापनम्बन्धी तालिम दिइएको छ ।

कारितास नेपालले पथरीशनिश्चरे नगरपालिकाको समन्वय र कारितास कोरियाको सहयोगमा आयोजना गरेको सो तालिम स्थानीय पञ्चायत माविको नवनिर्मित सभाहलमा सम्पन्न भयो । तालिमको सहजीकरण साविक शैक्षिक तालिम केन्द्र मोरङका प्रशिक्षक गजेन्द्रप्रसाद चौधरीले गर्नुभयो । नगरपालिकाभित्रका २५ विद्यालयका प्रअहरुको संलग्नता रहेको सो तालिमको समापन सत्रमा सहभागी प्रअहरुको तर्फबाट स्थानीय सिंहवाहिनी माविका प्रअ जगतमणि गौतमले धारणा राख्नुभयो ।

कारितासका सहायक शैक्षिक व्यवस्थापक एल.एन. पोखरेलको सञ्चालन र पञ्चायत माविका प्रअ अर्जुनकुमार बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि एवम् सञ्चारकर्मी केशव निरौलाले पथरीशनिश्चरेको शैक्षिक उन्नयनका विषयमा बोल्नुभयो ।

सम्बन्धित खवर