आयोगको सर्भरमा समस्या आएपछि लोकसेवाको विज्ञापनमा म्याद थप्यो

आयोगको सर्भरमा समस्या आएपछि लोकसेवाको विज्ञापनमा म्याद थप्यो

मोरङ, लोक सेवा आयोगको सर्भरमा समस्या आएपछि विज्ञापनमा म्याद थप भएको छ । आयोगले असार ३ गते अन्तिम म्याद तोकेर विभिन्न पदमा आवेदन खुलाएको थियो । विगत २,३ दिन देखि नै सर्भरमा समस्या देखिदै आएको थियो ।

आयोगले आगामी असार १० गते सम्मका लागि म्याद थप गरेको विज्ञप्ती मार्फत जनाएको छ । डबल दस्तुरमा असार १७ गते सम्म फर्म भर्न सकिने जनाएको छ ।

सम्बन्धित खवर