सिरहा लगायत प्रदेश न २ को जिल्लाहरुमा खुलेआम देहब्यापार

सिरहा लगायत प्रदेश न २ को जिल्लाहरुमा खुलेआम देहब्यापार
राजेन्द्र महतो लहान, सिरहा लगायत प्रदेश न २ अन्तरगतका जिल्लाहरुको मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहब्यापार भइरहेको छ। प्रदेश न २को प्रमुख शहर तथा तराई मधेस जिल्लाहरुको बजारमा लगभग सबै ठाउँमा देहब्यापार गर्ने सेक्स स्टेसनहरू रहेका छन्।
यस्ता स्टेसनका पारखी रिक्सा चालकदेखि ठूला व्यापारीसम्म रहेका छन। सिरहाको लहान गोलबजार, धनगढी र मिर्चैया कटारी चौक लगायतका ठाउँहरुमा रहेको होटेल एन्ड लाजमा धन्दा चल्ने गरेको स्थानीयहरुको भनाइ छ। लहान मिर्चैया र गोलबजारमा प्रहरीले छापा मारेर दर्जनौँलाई पक्राउ गरि सार्वजनिक मुद्दा समेत चलाइ सकेको छ। यो अलाबा धेरैजसो बाहिरबाट आउने अनैतिक सम्बन्ध जोडीहरू पनि यी ठाउँहरुमा रहेको होटल एन्ड लाजमा थुप्रै मात्रामा भेटिन्छ। यहाँका सेक्स स्टेशनमा होटल एन्ड लज संचालकले ग्राहकसँग १५ सयसम्म लिने र आफूलाई दुई सय रुपैयाँ दिने गरेको यौनकर्मीहरु बताउछन् ।पुलिसहरू पनि आउँछन् । उनीहरूलाई सित्तैमा सेवा दिनुपर्छ। उल्टै, नांगो बनाएर फोटो खिच्छन्। यौनकर्मिहरु बताउछन्।
प्रहरीले यीठाउँहरुलाई बिशेष निगरानी रहेको बताएपनि नियन्त्रण नहुनु प्रश्न को चिन्ह खडा भएको छ। सिरहामा मात्र होइन, देशैभरि साना, ठूला शहरमा यौन व्यवसायले विकराल रूप लिइसकेको छ। सिरहामा लग्भग १०० को हराहारीमा यौनकर्मिको संख्या रहेको पाइन्छ । सप्तरीको सदरमुकाम राजविराजका छाप्रा र होटलहरूमा पनि यौनधन्दा चल्छ। प्रहरीका अनुसार यसबाटै केही गरिब महिलाहरूको जीवनयापन चलेको छ। त्यस्तै उदयपुरको गाईघाट बजार पनि पहाडी क्षेत्रको ठूलो सेक्स स्टेसन हो। गाईघाटमा यौनव्यवसाय गर्न भोजपुर, खोटाङ, सप्तरी र सिरहादेखिका युवतीसमेत आउने गरेको प्रहरीको भनाइ छ। प्रहरीले होटलमा छापा मारेर पटक–पटक यौनधन्दा गर्नेलाई पक्राउ गरेको छ।
सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दीलगायत साना बजारमा पनि थुप्रै सेक्स स्टेसन छन्। यहाँ खुलेका रेस्टुरेन्ट तथा लजहरूका अधिकांश ग्राहक गाडी चालक हुन्। स्थानीय व्यापारी र केही बाहिरबाट आउनेहरू पनि हुने गरेको प्रहरीको भनाइ छ। जनकपुरको जनकचोकलाई त स्थानीयवासी ‘रेडलाइट एरिया’ भन्ने गर्छन्। उनीहरूका अनुसार यहाँका धेरैजसो लज यौन धन्दाकै लागि खोलिएका छन्। ढल्केबर, लालगढ, बर्दिवास, चन्द्रनिगाहपुर हुँदै पथलैयासम्ममा गाडी चालकहरूलाई खाना, बस यौन सेवा दिने ठाउँ प्रशस्त भेटिन्छन।

सम्बन्धित खवर