सिरहामा कस्तुरीको बिना जस्तो देखिने बस्तुसहित दुई जना पक्राउ

सिरहामा कस्तुरीको बिना जस्तो देखिने बस्तुसहित दुई जना पक्राउ

राजेन्द्र महतो, लहान
सिरहाको सिराहा नगरपालिका १६ बाट कस्तुरीको बिना जस्तो देखिने बस्तुसहित दुई जना लाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सिरहा नगरपालिका २१ का २५ वर्षीय कैलाश यादव र सो हि ठाउँ १३ का २८ वर्षीय अभासकर यादव रहेका छन् ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले ना. २२ प ८००४ र बीआर ७ जेट ३३२० नम्बरको भारतीय पल्सर मोटरसाइकलमा सिरहा नगरपालिका १६ स्थित चन्द्र नारायण मेमोरियल अस्पताल सार्बजनिक बाटो नजिक दक्षिण माडरबाट उतर सिरहाबजार तर्फ आउदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु तौल १२ ग्राम फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


पक्राउ परेका दुबै जनालाई प्रहरीले नियन्त्रण मा लिइ जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन् ।

सम्बन्धित खवर