सोमबार सार्वजनिक विदा

सोमबार सार्वजनिक विदा

पथरी, मोरङका केही स्थानीय पालिकाहरुले सोमबार सार्वजनिक विदा दिने भएका छन् । धिमाल जातीहरुको जात्री तथा श्रीजात पर्व सोमबार पर्ने भएकाले सार्वजनिक विदा दिइएको विज्ञप्ती मार्फत जनाइएको छ ।

पथरीशनिश्चरे, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले सार्वजनिक विदा दिइएको विज्ञप्तीमा जनाएका छन् । पथरीशनिश्चरेले नगरको पहिलो जातीका रुपमा धिमाल जातीलाई घोषणा गरिसकेको छ । नगरकै पहिलो जातीको महान चाड जात्री भएकाले पनि विदा दिइएको हो । उर्लाबारीमा रहेको धिमाल ग्रामथानमा जात्री पर्वका दिन भव्य मेला लाग्ने गरेको छ । सो मेलामा वरीपरीका स्थानीय पालिकाहरुबाट धिमाल मात्रै नभएर अन्य जातजातीहरु पनि जात्री मेलामा रमाउन आउने गर्दछन् ।

सम्बन्धित खवर