कांग्रेसले दियो ईदुल फितरको शुभकामना

कांग्रेसले दियो ईदुल फितरको शुभकामना

मोरङ, नेपाली कांग्रेस संसदीय दल प्रदेश नं. १ ले मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईदुल फितर अवसरमा शुभकामना सन्देश जारी गरेको छ ।

कांग्रेस द्वारा शुभकामना सन्देशमा भनिएको छ  “मुस्लिम धर्मावलम्बीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछ।” मुलुकको शान्ति–सुव्यवस्था, राजनीतिक परिवर्तन र समृद्धिको यात्रामा मुस्लिम समुदायले पु¥याएको योगदानको उच्च कदर गरेको नेपाली कांग्रेस, संसदीय दल, प्रदेश न. १ स्मरण गर्न चाहान्छ। सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्ने सवालमा समेत मुस्लिम समुदायबाट र्पुयाइएको महत्त्वपूर्ण योगदानको चिर–स्मरण गर्दै ईदुल फितरले आपसी भाइचारा, प्रेम र सुदृढ सम्बन्धलाई कायम राख्ने शक्ति र आशिर्वाद मिलोस भन्दै शुभकामना व्यक्त गर्दछौँ ।“

शुभकामना सहितको सन्देश प्रदेश नम्वर १ का माननीय सांसद सुयर्माराज राई द्वारा जारी गरिएको हो । राई नेपाली कांग्रेसका सचेतक समेत हुन् ।

सम्बन्धित खवर