मेलमिलाप सम्बन्धी प्रशिक्षण

मेलमिलाप सम्बन्धी प्रशिक्षण

तिलक नेपाली, उर्लाबारी

मोरङको उर्लाबारी नगरपालीको सभाहलमा २ दिने वडास्तरीय कानुनी शिक्षा तथा मेलमिलाप सम्बन्धी प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

उर्लाबारी नगरपालीकाको नगर न्यायिक समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा नेपालको संबिधानको मुलभूत बिशेषता, मुलुकी देवानी (संहिता) एेन २०७४, फ़ौजदारी एेन सम्बन्धी रहेका कानुनहरुको बिषयमा समेत जानकारी गराइएको थियो ।

स्थानीय तह संचालन कार्यबिधी २०७४ अनुसार उर्लाबारी नगरपालीकामा न्यायिक समिति र प्रत्येक वडामा मेलमिलाप समिति रहने व्यबस्था रहेको छ । सो समितिले वडामा भएका झै–झगड़ा, लेनदेन, सम्बन्धबिच्छेद , बहुबिबाह जस्ता धटनाहरुलाई दुबै पक्षलाई आपसी सहमतीमा छलफलको माध्यमबाट मेलमिलाप गराइ सम्बन्ध सुधारको पहल गर्ने गरेको छ । सो कार्यका लागि सहज हुने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उर्लाबारी नगरपालीकाकी उप प्रमुख तथा न्यायिक समिति संयोजक लक्ष्मी देबी भण्डारीले बताउनु भयो ।

उर्लाबारी नगरपालिका वडा नं. ४ को वडा समिति वडाका टोल बिकास संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधी, सरोकारवाला सहित २३ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका कानुन अधिकृत इन्द्र कुमार लुईटेल र न्यायिक समिति सदस्य निरोज तिम्सिनाले सहजीकरण गर्नुभएको थियो ।



सम्बन्धित खवर