बाल अधिकारको सवालमा अन्तरक्रिया गोष्ठी

बाल अधिकारको सवालमा अन्तरक्रिया गोष्ठी

तिलक नेपाली, उर्लाबारी

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ५ मा मंगलबार बालअधिकारको सवालमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

युवा जागरण नेपालको आयोजना तथा पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा वडा नं. ५ को कार्यालयको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ५ का कार्यवाहक वडा अध्धक्ष चेतेन्द्र खड़काले औपचारीक सत्रको उद्घटन गर्नुभयो । उद्घाटन सत्रमा खड्काले अब वडा नं. ५ लाई बालमैत्री वडा घोषणाको तयारी लागि आवश्यक नीति नियम तथा रकम विनियोजन गरेर अघि बड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरोकारवालाहरुलाई वडामा बालअधिकारका बिषयमा आगामी बर्षको योजना पेश गर्न अनुरोध समेत गर्नुभयो ।

चालु आर्थिक वर्षमा बालबालिका लक्षित कार्यक्रम गर्न वडाबाट रु १ लाख बिनीयोजन भई यस वर्ष वडा बाल संजाल गठन, तालिम, गोष्ठी, लगायत अतिरिक्त कार्यक्रमहरु भइरहेका छन् । यस वर्षका लागि युवा जागरण नेपालले कार्यक्रमको सम्झौता गरेको छ । अन्तरक्रियामा वडाका जनप्रतिनिधी, राजनैतिक दल, बाल क्लब संजाल, बिधालय, स्वास्थ्य चौकी, प्रहरी प्रशासन,सामाजिक संघ संस्थाका प्रतिनिधीहरु लगायत वडाका ३५ जना सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको युवा जागरण नेपालका अध्यक्ष अर्जुन बास्तोलाले सहजीकरण गरेका गर्नुभएको हो ।


सम्बन्धित खवर