आदिवासी जनजाति सचेतना कार्यक्रम सुरु

आदिवासी जनजाति सचेतना कार्यक्रम सुरु

भीमराज अधिकारी, पथरी
आदिवासी जनजाति महासंघको आयोजनामा सचेतनामुलक कार्यक्रम शनिवार देखि सुरु भएको छ । मोरङको पथरीशनिश्चरे नगर महासंघको आयोजनामा भागिरथ माविको हलमा कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद कृष्णकुमारी राईले हामी सबै एकजुट हुन नसकेका कारण राज्यले हेर्ने दृष्टिकोणमा फरक परेको बताउनुभयो । राज्यले संविधानमा समेत आदिवासी जनजातीलाई अल्पसंख्यकमा राखेको बताउदै राईले हामी सबैले एउटै थर लेख्नुको सट्टामा कसैले कुलुङ्, कसैले चाम्लिङ लगाएतका थर लेख्दा संख्या कम भएका कारण अल्पसंख्यकमा परेको बताउनुभयो । भाषागत कुरामा पनि सबैका फरक फरक अनि बहुसंख्यक मानिसले नेपाली नै बुझ्ने र बोल्ने भएकाले पनि आदीवासीहरु पछाडी पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशको गौरबको आयोजनाका रुपमा रहेको वृहत जातीय सङ्ग्राहलयको पनि कुरा उठेको थियो । निकै लामो समय देखि वृहत जातीय सङ्ग्राहलय की आदिवासी जनजाति सङ्ग्राहलय बन्ने भन्ने विषयमा अन्यौलता रहदैँ आएको छ । जनजाति महासंघले पटक पटक आदिवासी सङ्ग्राहलय बन्नुपर्ने बताउँदै आएको छ । तर प्रदेशको योजना तथा कार्यक्रममा नै वृहत जातीय सांस्कृतिक संङग्राहलय उल्लेख रहेको पनि राईले बताउनुभयो । त्यसो भएमा कुनैपनि जातजाती र संस्कृतिलाई बराबर अपनत्व हुने पनि राईले बताउनुभयो ।

उद्घाटन सत्रमा आदिवासी जनजाति जिल्ला समन्वय परिषदका कोषाध्यक्ष प्रेम कुमार राई, लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष फिपराज बेघा, किरात याख्खा जुम्बाका बम देवान, नेकपा नगरको वडा नं. ४ का अध्यक्ष गंगा साँवा, कुलुङ समाजका अध्यक्ष नर बहादुर कुलुङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए । अधिकांश बक्ताहरुले राज्यले कनिका छरे जसरी केही रकम देखाएर अधिकारबाट बन्चित गरिरहेको आरोप लगाए ।

शनिवार शनिश्चरे देखि सुरु भएको कार्यक्रम आइतबार हसन्दह र सोमबार पथरीमा सोही प्रकृतिको कार्यक्रम गरेर समापन गरिने संघका सचिव देवेन्द्र वनेमले जानकारी दिनुभयो । यो कार्यक्रमका लागि नगरले ५० हजार विनियोजन गरेको पनि वनेमले जानकारी दिनुभयो । कार्यक्रममा आइएलओ १६९, आदिवासी जनजाति, हक अधिकार, कानुनी व्यवस्था लगाएतका विषयमा जानकारी दिइने छ । ३ दिन सम्मको प्रशिक्षणका लागि अधिवक्ता तथा आदिवासीको विषयमा अधिकारका लागि लागिपरेका गोपाल देवानले गर्नुहुने छ ।


सम्बन्धित खवर