शरणार्थी र वस्तीको साझेदारी वढाउने

शरणार्थी र वस्तीको साझेदारी वढाउने

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा अवस्थित भूटानी शरणार्थी शिविरभित्रका लक्षित वर्गलाई समेटेर नगरबाट साझेदारीका योजना बनाउन पहल गरिने भएको छ ।

शरणार्थी सम्वन्धि राष्ट्संघीय उच्चायोग ( यूएनएचसीआर ) को सहयोगमा लुथरन विश्व फेडेरेशनको अवधारणामा शिविर र वस्तीका अगुवाहरुको ‘सामाजिक संरक्षण कार्यदल’को आज बसेको सातौं वैठकले त्यसखाले पहल गर्ने निर्णय गरेको हो ।

पथरी शनिश्चरे नगरपालिका कार्यालयको पनि सहकार्य रहेको कार्यदल बैठकले शिविरका महिला, बालबालिका, ज्येष्ठ र अपाङगता भएकाहरुको साझा सवालमा साझेदारी कसरी गर्ने भन्ने विषयमा अर्काे बैठकले टुंगो लगाउने निर्णय भएको छ । नगरपालिका अन्तर्गतको सामाजिक विकास समितिसँग बैठक बसी साझा समस्या र साझा समाधानको उपाय खोजी गर्ने निर्णय भएको यूएनएचसीआर दमककी सिनियर प्रोटेक्सन एशोसियट संगीता खतिवडाले जनाउनु भयो ।

कार्यक्रमको सभाध्यक्ष नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले मानवीय हिसावले शरणार्थीका लागि आम पक्षमा जतिसक्दो बढी सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर