पथरी बहुमुखीले मुहार फेर्दै, फूल रोप्दै छन् विद्यार्थीहरु

पथरी बहुमुखीले मुहार फेर्दै, फूल रोप्दै छन् विद्यार्थीहरु

भीमराज अधिकारी, पथरी
मोरङको पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखी क्याम्पसले विस्तारै मुहार फेर्दै गएको छ । पछिल्लो समय शिक्षाको गुणस्तरलाई कायम गर्दै क्याम्पसको सौन्दर्यतालाई पनि ध्यान दिन थालिएको छ ।

सोमबार क्याम्पसको अगाडी रहेको पेभ (सडक) को दुवै साइडमा निर्माण गरिएको फुलबारीमा विभिन्न जातका फूलका विरुवा रोपिएको छ । क्याम्पसको स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षका विद्यार्थीहरुको समुहले विभिन्न प्रजातीका १ सय १२ थान विरुवा रोपेका छन् । क्याम्पसलाई हराभरा र सुन्दर बनाउनका लागि नगरपालिकाले १२ हजार ३ सय रुपैँया बराबरको १ सय १२ थान फूलका बिरुवा उपलब्ध गराएको क्याम्पस प्रमुख चेतन पौडेलले बताउनुभयो । बिरुवाका लागि आवश्यक पर्ने प्राङ्गारिक (गोबरमल) खरिद गर्नेकाम क्याम्पस प्रशासनले गरेका पनि पौडेलले जानकारी दिनुभयो ।

क्याम्पसमा संचालन भइरहेका विभिन्न क्रियाकलापहरु मध्ये फूल रोप्ने काम भइरहेको स्ववियु सभापति गोपाल साँवाले जानकारी दिनुभयो । स्ववियुको नेतृत्वमा सभापति, उप सभापति लगाएत विद्यार्थीहरुले आज नै सम्पूर्ण बिरुवा रोपिएको साँवाले जानकारी दिनुभयो ।

पथरी बहुमुखीमा यही शैक्षिक सत्रबाट स्नातकोत्तर तहको समेत अध्ययन अध्यापन सुरु भएको छ । सम्पूर्ण कक्षाहरुलाई पूर्ण प्रविधि मैत्री बनाउने उद्देश्यले काम गरिरहेको क्याम्पसले चाडैँ नै व्यवस्थित र भव्य कम्प्युटर प्रयोगशाला समेत उद्घाटन गर्ने तयारी गरिरहेको छ ।


सम्बन्धित खवर