अमरदह ढल्के जोवनमा पूर्वाञ्चल भेट्रान सेमी फाइनलमा, बिराटचोक बाहिरियो

अमरदह ढल्के जोवनमा पूर्वाञ्चल भेट्रान सेमी फाइनलमा, बिराटचोक बाहिरियो

सुमन श्रेष्ठ, अमरदह
प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपमा पूर्वाञ्चल भेट्रान दमक सेमी फाइनलमा प्रबेश गरेको छ । निर्धारित समयमा ०–१ गोल अन्तरले पारजित गर्दै दमकले सेमीको यात्रा तय गरेको हो ।

सगरमाथा भेट्रान विराटचोक पराजित हुदैँ खेलबाट बाहिरिएको छ । दमक भेट्रानका जर्सी नं. ९ का खेलाडी रोहित राईले गरेको गोल नै खेलको निर्णयक गोल हुन पुग्यो । खेलमा दुवै टिमले निकै राम्रा अवसरहरु पाएका थिए । तर दुवै टिमले सोचे जस्तो नतिजा निकाल्न सकेनन् ।

दमकका खेलाडी जर्सी नं. १६ का खेम पख्रेलले रेड कार्ड पाएपछि मैदान बाहिरिएका थिए । म्यान अफ द म्याच जर्सी नं. १३ का खेलाडी सचिन्द्र राई घोषित भए । बुधबारको अन्तिम क्वाटर फाइनल खेल धरान भेट्रान र इटहरी भेट्रान बिच हुने आयोजकले जनाएको छ ।


सम्बन्धित खवर