वडा संजालमा सलिना

वडा संजालमा सलिना

तिलक नेपाली, उर्लाबारी

युवा जागरण नेपालको आयोजना तथा उर्लाबारी नगरपालीको सहयोग र वडा नं. ४ को समन्वयमा शुक्रवार सलिना त्रितालको अध्यक्षतामा वडा स्तरीय बाल क्ल्ब संजाल गठन भएको छ।

सृजना आधारभूत बिधालयको शभाहलमा भएको कार्यक्रमबाट उपाध्यक्षमा तनुजा थापा, सचिवमा अनुजा कार्की, सह–सचिवमा सुदिप राई, कोषाध्यक्षमा बिजिता घिमीरे, सदस्यहरुमा शन्देश राई, असिम तामागं, मनोज राजवंशी, आशिस बि. क. र सेमी लावती सर्बसम्मत चयन भएका छन् ।


कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो, बिशिष्ट अतिथि वडा नं. ४ वडाअध्यक्ष लक्ष्मीनारायण धिमाल, वडा सदस्य कृष्णमाया कडरिया, डोमनाथ खतिवडा, सामाजिक अभियान्ता रुद्र तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

वडा संजाल गठन कार्यक्रमको सहजीकरण युवा जागरण नेपालका अध्यक्ष अर्जुन बास्तोलाले गरेका थिए ।

सम्बन्धित खवर