अमरदह ढल्के जोवनमा शशस्त्र क्वाटर फाइनल पुग्यो, लेटाङ बाहिरियो

अमरदह ढल्के जोवनमा शशस्त्र क्वाटर फाइनल पुग्यो, लेटाङ बाहिरियो

सुमन श्रेष्ठ, अमरदह
प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपमा सशस्त्र प्रहरी बल पकली सुनसरी क्वाटर फाइनलमा प्रवेश गरेको छ । लेटाङ भेट्रान मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै पकली क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

खेलको १२ मिनेटमा सशस्त्र प्रहरीको जर्सी नं. ७ का टिकाराम वि.क.ले गोल गरेर टिमको खाता खोलेका थिए । पूनः जर्सी नं. ७ का टिकाराम वि.क.ले २३ मिनेटमा १ गोल थपेर २–० गोलले टिमलाई अग्रता दिलाए । लेटाङ भेट्रानको तर्फबाट जर्सी नं. १० का विनोद लामाले ३२ मिनेटमा १ गोल गरेर टिमलाई सान्तवना दिएका थिए ।

बिहिवारको खेलमा २ गोल गर्न सफल सशस्त्र प्रहरीको जर्सी नं. ७ का खेलाडी टिकाराम वि.क. म्यान अफ द म्याच घोषित भए । खेलमा दोस्रो हाफको २० औँ मिनेटमा सशस्त्र प्रहरीको जर्सी नं. ९ का खेलाडी उत्तम कार्कीले पहेलो कार्ड पाएका थिए । त्यस्तै दास्रो हाफको २९ औँ मिनेटमा सशस्त्र प्रहरीको जर्सी नं. ८ का अर्का खेलाडी विनोद लोप्चनले समेत पहेलो कार्ड पाएका थिए ।

शुक्रवारको खेल आयोजक टिम ए र तेह्रथुम भेट्रान तेह्रथुम बिच हुने आयोजकले जनाएको छ । प्रदेश १ कै सबैभन्दा ठुलो धनराशीको तेस्रो अमरदह ढल्के जोवन गोल्डकप सुनवर्षी २ अमरदहमा रहेको वीरेन्द्र सार्वजनिक मा.वि.को खेल मैदानमा बैसाख २१ गते देखि जेष्ठ ७ सम्म भइरहेको छ ।


सम्बन्धित खवर