सापट लगेको  ३६ लाख रुपैया डुबेपछि अनसन, पैसा माग्दा धम्कि

सापट लगेको  ३६ लाख रुपैया डुबेपछि अनसन,  पैसा माग्दा धम्कि

झापा—गौरादह १ का यामनाथ दाहालले लाखौं रकम डुब्दा पनि कहिँ कतैबाट न्याय नपाएको भन्दै आमरन अनसन बसेका छन् ।

स्थानीय सृजना घिमिरेले लेनदेनको क्रममा सापट लगेको आफ्नो ३६ लाख रुपैया बर्षौ बित्दा पनि फिर्ता नदिएपछि उनी अन्ततः अनसन नै बस्न बाध्य भएका हुन् ।  ‘गौरादहमा सबैसँग हार गुहार गरे,जनप्रतिनिधिसँग पनि सहयोग मागे, पैसा लगेको बकैदा कागज छ, तर न्याय पाईन, अनसनरत दाहालले भने ।

दाहालले बरु ज्यान जाला आफ्नो पैसा फिर्ता नभइन्जेल अनसन बस्ने बताए । आफ्नो ज्यान गए श्रीमती पनि अनसन बस्ने उनको भनाई छ । करोडौंको कारोबार गर्ने आफु घिमिरेबाट आफ्नो बिल्लीबाठ भएपछि हाल सफारी चालक बनेको दाहाल बताउछन् । त्यो सफारी नि सहकारीबाट लोनमा निकालेको उनी बताउछन् । गाउँसमाजमा पटक पटक छलफल भएपनि आफुले न्याय पाउन नसकेको दाहाल दुखेसो पोख्छन् । दाहाल भन्छन्, सम्पतीमा हाई हाई विपत्तिमा कोही छैन दाजु भाई भन्थे ठ्याक्कै म मा यस्तै आईलाग्यो ।’

नगरपालिकाको न्यायिक समितिले छलफल गरेको तर प्रतिवेदन गुपचुप पारेको दाहालको आरोप छ । न्याय दिनुपर्ने न्यायीक समिती पनि पीडकसँग मिलेको उनको आरोप छ ।
घिमिरेले २०७३ साल चैत्र १७ देखी पटक पटक आफुसँग पैसा लगेको र छिमेकको नातामा विश्वासले ऋण पनि तिरिदिएको दाहाल बताउछन् । तर घिमिरेलाई आफुले सहयोग गर्दा आफै डुबेको र पैसा माग्दा तर्काउने र धम्कि दिने गरेको बताउछन् ।

दाहालले सृजनालाई कारोबार गर्ने शिलशिलामा २६ लाख दिएका थिए । हाल त्यसको ब्याज सहित जोड्ने हो भने ३६ लाख पुग्ने दाहालको दावी छ । घिमिरेसँग यस विषयमा बुझ्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन् ।  (स्रोत–आवरविराटनगर)

सम्बन्धित खवर