पथरी, तिमल्सिना समाज नेपाल जिल्ला कार्यसमिति मोरङको दोस्रो चुनावी साधारण सभाका अवसरमा विभिन्न क्षेत्रबाट समाजलाई अगुवाई गर्ने ९ जना तिमल्सिना सम्मानित हुने भएका छन् ।
चैत २३ गते तिमल्सिना बन्धुहरुको कुलपूजा निर्माणस्थल बेलबारी १०, भाउन्नेमा हुने सभामा जिल्ला तदर्थ समिति संयोजक हरिप्रसाद तिम्सिना, महिला अग्रणी विराटनगरकी भारती तिम्सिना, इटहरीका कलाकार विक्रमश्रि तिम्सिना, पत्रकार एवम् साहित्यकार पथरीशनिश्चरेका भूपेन्द्र तिम्सिना सहित सम्मानति हुने जिल्ला सहसचिव निरोज तिम्सिनाले जनाउनु भयो ।
सम्मानित हुने अन्यमा, राजनीतिक क्षेत्रकी बेलबारीकी गीता तिम्सिना, खेलकुद क्षेत्रका विराटनगरका मनिष तिम्सिना हुनुहुन्छ । तिमल्सिना समाजको कार्यालय निःशुल्क उपलब्ध गराउने सुन्दरहरैंचाका खगेन्द्र तिम्सिना, उत्तरपूर्वी मोरङका सामुदायिक विद्यालयहरुमा खानेपानी व्यवस्थापना सघाउने उर्लावारीका लालबहादुर तिम्सिना र सुन्दरहरैंचाका समाजसेवी छत्रपति तिम्सिनालाई पनि सम्मानित गर्ने निर्णय भएको छ ।



 
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



