पथरीमा दुई दिने नेतृत्व प्रशिक्षण कार्यक्रम सम्पन्न

पथरीमा दुई दिने नेतृत्व प्रशिक्षण कार्यक्रम सम्पन्न

पथरी, धनकुमार मगर

सहारा नेपाल साकोस सेवा केन्द्र पथरीको आयोजनामा सञ्चालन भएको दुई दिने नेतृत्व प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मोरङको पथरीशनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसको सभाहलमा हिजो देखी सञ्चालन भएको दुई दिने दिगो विकास लक्ष्य प्राप्तिका लागि असल नेतृत्वकर्ताको उत्पादनको उद्धेश्य रहेको प्रशिक्षण कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था, क्लव, विद्यार्थी, जनप्रतिनिधि लगायत १८ देखी ४५ वर्ष समूहका ४७ जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । ह्याविट फर ह्युमनिटि र सेन्टर फर क्रियटिभ लिडरसिपको सह आयोजनमा सम्पन्न कार्यक्रममा विभिन्न विषयमा प्रशिक्षण गराइएको थियो ।

कार्यक्रमको प्रशिक्षण विनोद ढकाल, खड्ग पौडेल र डम्बर बहादुर प्रधानले गरेका थिए । विनोद ढकालले दिगो विकास लक्ष्य, दिगो समुदायको मानसिक अवधारणा, परिवर्तन, खड्ग पौडेलले सामाजिक पहिचान, मुल्य र मान्यता र डम्बर बहादुर प्रधानले आधारभुत नेतृत्व, सञ्चार र पृष्ठपोषण विषयमा प्रशिक्षण गराएका थिए ।

तालिमले आगामी दिनमा दैनिक जिवनमा मात्र नभएर समाजमा आइपर्ने समस्याहरुको समाधान गर्न ठूलो सहयोग हुने तथा उपयोगी भएको तालिममा सहभागी सङ्गिता चाम्लिङ्ग राईले बताइन् ।

सम्बन्धित खवर