रद्द र स्थगित गरिएको प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने

रद्द र स्थगित गरिएको प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने

काठमाडौँ, प्रदेश २ को रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । बोर्डको आज बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए त्यसको व्यवस्थापन मिलाउन बोर्ड बैठकले जिल्ला परीक्षा समन्वय समितिलाई आग्रह गरेको छ। बोर्डले २२ गते विज्ञान, २३ गते सामाजिक विषयको परीक्षा लिइने जनाएको छ। यी दुवै विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो।

यसैगरी चैत २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: