प्रदेश २ अपडेट : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने प्रदेश सरकारको निर्णय

प्रदेश २ अपडेट : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने प्रदेश सरकारको निर्णय

बारा, आइतबार राति आएको हावाहुण्डरीबाट मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले ३ लाख रुपैया दिने भएको छ । सोमबार बिहान बैठक बस्दै प्रदेश सरकारले तत्कालिन अवस्थामा राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको हो ।

हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति सरकारले गहीरो दुःख समेत व्यक्त गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट ३२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत रहेका छन्। उपचारका लागि ब्लड तथा डाक्टरहरुको आवश्यक्ता भइरहेको जानकारी आएको छ । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकको अभाव खड्किएको जानकारी दिएका छन् । उपचारका क्रममा थप केही घाइतेहरुको समेत निधन भएका समाचारहरु आइरहेका छन् । उद्धारको काम निरन्तर भइरहेको छ ।

सम्बन्धित खवर