नेपाललाई एसीसी यू–१६ इस्टर्न रिजनको उपाधि

नेपाललाई एसीसी यू–१६ इस्टर्न रिजनको उपाधि

नेपालले एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जित्न सफल भएको हो । यस भन्दा अघिल्लो संस्करणको उपाधि पनि नेपाललेनै जितेको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्पाएको मलेसिया ३४.५ ओभरमा ८१ रनममा अल आउट भयो ।

मलेसियाका लागि तल्लोक्रमका मोहम्मद हजीक आइमनले १८,वान मोहम्मद आजम १६ र जिनेन्द्र मुरलीले १४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । नेपालको कसिलो बलिङ सामु मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका कृष्ण कुमार सुन्य,सिद्धार्थ कार्तिक ४,सर्वेन सुरेन्द्रन ८,लोकमान नुुर ५,अहमद अकमल आलिफ ३,वान अहमद असराफ शून्यमा आउट भए ।

नेपाललाई सहज जित दिलाउन विशाल कुमार पटेलले ७ ओभरमा १ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दिपक बोहोराले ७ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै निखिल कुमार सिंह र कृष कार्की नाममा समान १ विकेट रह्यो ।

त्यस अघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धा्रित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका लागि प्रसान्त महतले सर्वा्धिक ४० रनको योगदान दिए । उनले ६७ बलमा ५ चौका प्रहार गरे । ओपनर दिपक बोहाराले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७,रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए ।

त्यस्तै तल्लोक्रमका कृष कार्की ९,निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे । मलेसियाका लागि सचिनु हेतेगेले ३,जिनेन्द्र मुरली २,अहमद अकमल अलिफ,सिद्धार्थ कार्तिक,मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट हात पारे । नेपालले समुह चरणको खेलमा म्यानमारलाई ७ विकेट र मलेसियालाई ३९ रनले पराजित गरेको थियो । त्यस्तै थाईल्यान्डसँगको खेलमा वर्षले गर्दा रद्ध भएको थियो । सेमिफाईनल खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

सम्बन्धित खवर