सफलतापूर्वक नेपाली स्याटेलाइट अन्तरिक्ष केन्द्रमा जोडियो

सफलतापूर्वक नेपाली स्याटेलाइट अन्तरिक्ष केन्द्रमा जोडियो

काठमाण्डौ–अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटेलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी स्याटेलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो ।

जापानमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिकद्धय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको नेपाली स्याटेलाइट वान गएको वैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जि्नियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो ।

स्याटेलाइट ३६ घण्टा ४० मिनेटपछि वैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले जानकारी दिनुभयो । अबको करिब डेढ महिना पछि यो नेपाली स्याटेलाइटले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ ।

नाष्टले यो नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपणका लागि करिब २ करोड लाग्ने अनुमान पनि गरेको छ । नाष्टका प्रवक्ता ढुंगेलले यो रकम अर्थ मन्त्रालयबाट प्राप्त भैसकेको पनि जानकारी दिए । विपद् व्यवस्थापन, ग्रामिण भेगमा सूचना प्रविधिको विकासकासमेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटेलाइट अन्तरीक्षमा पठाएको हो ।

यसैबीच, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरण गर्दै यही दिन भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रम पनि आयोजना गर्ने भएको छ । नाष्टका प्रवक्ता ढुंगेलले नेपाल भौगर्भिक समाजको सहकार्यमा आयोजना गर्न लागिएको यो कार्यक्रम भूकम्पीय जोखिम न्यूनीकरणका लागि उपयोगी हुने पनि स्पष्ट पारे ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: