रुस्लान थ्री स्टारलाई तेस्रो संस्करणको राजर्षि जनक कपकोे उपाधि

रुस्लान थ्री स्टारलाई तेस्रो संस्करणको राजर्षि जनक कपकोे उपाधि

सर्लाही–ललितपुरको रुस्लान थ्री स्टार क्लबले वर्षको पहिलो उपाधिको रुपमा तेस्रो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । थ्री स्टारले आयोजक मध्येको बागमती नगरपालिकालाई २–१ ले पराजित गर्दै वर्षको पहिलो उपाधिको रुपमा राजर्षि जनक कपको उपाधि जित्न सफल भएको हो ।

सन्तोष श्रेष्ठ स्मृत्ति खेल मैदानमा शुक्रबार भएको उपाधि भिडन्तमा थ्री स्टारले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । थ्री स्टारको जितमा रजिन धिमाल र सुशिल राईले गोल गरे । बागमतीका विदेशी खेलाडीले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेका खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६४औं मिनेटमा घरेलु टोली बागमतीले विदेशी खेलाडीको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यसको एक मिनेट नबित्दै थ्री स्टारले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । सुशील राईलाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीलाई रन्जित धिमालले सदुपयोग गरे ।

पेनाल्टी सुटआउटतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा सुशील राईले गोल गर्दै थ्री स्टारलाई २–१ को जित दिलाउदै च्याम्पियन बनाए । मेन्साको क्रसमा मिक्चेन तामाङले हेडमा सुशीलले बक्सभित्रबाट गोल गरे । बागमतीका विजय घलान खेलको म्यान अफ दि म्याच भए । उनले १० हजार पाए ।

उपाधिसँगै थ्री स्टारले १० लाख रुपैयाँ हात पार्यो । उपविजेता बनेको आयोजक बागमतीले ५ लाख रुपैयाँमा चित्त बुझायो ।

 

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: