मृगौला पिडित गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण

मृगौला पिडित गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण

भीमराज अधिकारी, पथरी

मोरङको बेलबारी ४ धरहरा चोक निवासी सरस्वती गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरेर दक्षिण कोरियामा रहेका नोपलीहरुको समूहले संकलन गरेको ९७ हजार नेपाली रुपैँया हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ पथरी सम्पर्क कार्यालयको समन्वयमा सो रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको हो । कोरियामा रहेका अनिश गुरुङको अगुवाइमा अनिश सहित ३५ जनाले रकम संकलन गरेका थिए । सो रकम हस्तान्तरण गर्दै महांसघ सह–सचिव सन्तोष राईले आगामी दिनमा पनि यसरी सहयोग जुटाउन प्रयास गरिने बताए ।

३४ वर्षीय सरस्वतीको मृगौला प्रत्यारोपणका लागि भारत लैजानुपर्ने उनका श्रीमान मान बहादुर गुरुले बताए । मान बहादुरका अनुसार अझै १५ देखि २० लाख सम्म रकम अपुग रहेको छ । सरस्वतीको मृगौला प्रत्यारोपणका लागि ४५ लाख नेपाली लाग्ने बताइएको छ । उनको हाल नेवेल अस्पताल विराटनगरमा डायलासिस भइरहेको छ ।


सम्बन्धित खवर