केर्खा बाँधमा डुबेर एक बालकको मृत्यु

केर्खा बाँधमा डुबेर एक बालकको मृत्यु

पथरी, मोरङको पथरीशनिश्चरे ४ का एक बालकको मंगलबार केर्खा बाँधमा डुबेर मृत्यु भएको छ । मगर टोल निवासी बिमल मगरको १२ वर्षीय छोरा अभिषेक मगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

विहान करिब १० बजेतिर साथिहरुसंग पौडी खेल्न गएका अभिषेकको बाँधबाट जमेको पानीमा जम्प हान्दा डुबेर बेपत्ता भएका थिए । डुबेको निकैबेर सम्म पनि बाहिर नआएपछि साथिहरुले स्थानीयलाई खबर गरेका थिए । साथानीय र प्रहरीचौकी कुशेचौरीको टोलीले उनको उदार गरेको भएता पनि अभिषेकको मृत्यु भइसकेको थियो । मृत्कका बाबु बिमल मगर बैदेशिक रोजगारीका क्रममा रहेका छन् । मृतकको लास मंगलबारे स्वास्थ्य केन्द्रमा पोष्टमार्टम पछि घर ल्याइएको पारिवारिक श्रोतले जनाएको छ ।



सम्बन्धित खवर