अचार तालिम सम्पन्न

अचार तालिम सम्पन्न

अजय बास्कोटा, पथरी

मोरङको पथरीशनिश्चरे वडा नं. ९ मा अचार बनाउने तालिम सम्पन्न भएको छ । महिला लक्षित कार्यक्रम अन्तरगतको बजेटबाट सञ्चालित ३ दिने अचार बनाउने तालिमको शुक्रबार समापन गरिएको हो ।

वडामा महिला लक्षित कार्यक्रमका लागि विनियोजन भएको बजेट मध्ये ५० हजार बराबरको ३ दिने तालिमको आयोजना गरिएको हो । चैत्र २७ देखि सञ्चालन गरिएको तालिमको सहजीकरण खिमा नेपाल र मुना दाहालले गरेका थिए ।

समापन सत्रमा बोल्दै प्रमुख अतिथि नगर उप–प्रमुख यमुना विष्टले महिलाको आर्थिक स्तर उकास्नका लागि उद्यमशीलता तालिमको आवश्यकता भएको बताइन् । नगरका महिलाहरुलाई उद्यमशील बनाउनका लागि नगरले लगानी गरिरहेको बताउँदै सबैले व्यवसायिक भएर लाग्न विष्टले आग्रह गरिन् । तयार गरिएको अचार पनि विष्टले खरिद गरेर उद्घाटन गरेकी थिइन् ।

तलिममा वडाका जम्मा ३० जना सहहभागीहरुले सहभागिता जनाएको संयुक्त वडा स्तरीय महिला समिति अध्यक्ष चन्द्रकला चेम्जोङले जानकारी दिइन् । महिला समूहले दिएको तालिमले आफुहरुलाई निकै ठुलो टेवा पुग्ने सहभागीहरुले बताए ।

सम्बन्धित खवर