बन्ने भो लेटाङमा पनि कालो पत्रे, एउटा बाटो वनाउन दुईवटा उपभोक्ता समिति गठन

बन्ने भो लेटाङमा पनि कालो पत्रे, एउटा बाटो वनाउन दुईवटा उपभोक्ता समिति गठन

डम्बर सिन्चिउरी, जाँते

बाटो भनेको विकासको मुख्य पाटो हो । यसमा कसैको दुईमत हुनै सक्दैन । तर यहाँका खोलामा पानी निकै बगी सके, देशमा शासन व्यवस्था निकै परिवर्तन भै सक्यो । छिमेकि वडाहरुमा सिङ्गै वडा–वडा नै कालो पत्रे पिचले भरिसक्दा पनि उता लेटाङ ९ जाँतेमा भने अहिले सम्म एक ईन्च कालो पत्रे त के इस्तरिय ग्राभेल धरी थिएन । सजिलो गरी हिड्ने बाटोको अभाबमा अहिले सम्म यहाँको जग्गाको भाउ त बड्न सकेको छैन नै आफ्ना उत्पादन बजार पुर्याउन पनि यहाँका किसानलाई निकै कष्ट पुर्ण यात्रा गर्नु पर्छ ।

यहि पिडालाई बुझेर होला अब भने यस वडाकै मुटु मानिने वडाको विच भाग मदन चौक भएर पुर्व पश्चिम जाने २२ मिटर कच्चि ग्राभेल सडकको चाँडै नै कालो पत्रे हुने भएको छ । सोमबार दिउँसो स्थानिय शिक्षा ज्योति आधारभूत विध्यालयको प्राङ्गणमा बसेको भेलाले गठन गरेको दुई छुट्टा छुट्टै समिति निर्माण भए पछि उक्त कार्यको सुनिस्चित भएको वडाध्यक्ष कृष्ण लुईटेलले वताए । अबको लगभग सात दिन पछि देखि नै शुरु गरिने उक्त कालो पत्रे सडक निर्माणका लागि आफुले वडाध्यक्षको कार्यभार संहाले देखि नै पहिलो प्राथामिकता दिँदै आएको र यसको लागि निकै पापड वेल्नु परेको पनि भेलामा वडाध्यक्ष लुईटेलले गुनासो पोखे । तर अहिले भने प्रदेश सांसद विकास कोष, नगर पालिका र वडाले पनि ठुलै योजना अन्तरगत राखे पछि भने उक्त निर्माण कार्यले साकार रुपलिने भएको हो ।


पुर्व तेलि खोलाको डिल देखि पश्चिम मोरङ्गे खोला सम्म कालो पत्रे हुने उक्त सडक ४० फिट चौडाको हुने वताईएको छ । २ करोड २५ लाखको कुल लागतमा सम्पन्न हुने सडको कालो पत्रे भने ६ मिटर चौडाको मात्र हुने छ । कुल लागत मध्ये ६५ लाख प्रदेश सांसद विकास कोषको लगानी रहने छ । १५ लाख वडा कार्यलयको लगानी रहने मदन भण्डारी लोक मार्ग निर्माण समिति अध्यक्ष स्थानिय सोम नाथ निरौलाले वताए । उनका अनुसार अन्य अपुग रकम नगरपालिकाको रहनेछ भने स्थानिय सरोकारवालाको पनि केही प्रतिसत लगानि रहने उपभोक्ताहरु वताउँछन् ।

वर्षात शुरुहुन लागेसँगै विकास निर्माण गरिने नेपाली परम्परा कै गोरेटो पछ्याउदै हुन लागेको कालो पत्रेको काम भने फाष्ट ट्रयाकबाट हुने वताईएको छ । यसैका लागि २२ सय मिटरको सडकलाई आधा आधा गरी निर्माण गरीने छ । जसमा , तेलिखोला देखि पस्चिम डि पि एम मार्ग सम्म एउटा समितिले निर्माण गर्ने छ भने डि पि एम मार्ग देखि पश्चिम मोरङ्गे खोला डिल सम्मअर्कै समितिले निर्माण गर्ने छ । त्यसका लागि तेलिखोलाको पाटो (पुर्व) पट्टि निर्माण गर्न स्थानिय डिल्लि तिम्सिनाको अध्यक्षतामा ११ सदसिय समिति गठन गरिएको छ । यसैगरी अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा कृष्ण सापकोटा , सचिव भुमिका मगर, स–सचिवमा दिलकुमार लिम्बू र कोषाध्यक्षमा होमनाथ सुवेदी रहनु भएको छ । यसै गरी सदस्यहरुमा शान्ता काफ्ले, गणेश सुवेदी, धनमाया मंगराती लगाएत हुनुहुन्छ ।

यसै गरी पश्चिम पट्टिको पाटोमा (डि पि एम पश्चिम) कालो पत्रे गर्नका लागि स्थानिय ख्यामराज भट्टराईको अध्यक्षतामा ११ सदसिय अर्को छुट्टै समिति पनि भेलाले गठन गरेको छ । यश समितिका अन्य पदाधिकारीहरुमा डिल्लि बहादुर भण्डारी उपाध्यक्ष, रुद्र लिम्बू सचिव, टंक भट्टराई स–सचिव र मनमाया राई कोषाध्यक्ष रहेका छन् । यसै गरि सदस्यहरुमा क्रमशः ईन्द्र बहादुर राई चन्द्रा घिमिरे, डम्बर तुम्सा, पवित्रा दियाली, डिल्लि कुमार राई र पुष्पा वस्याल रहेका छन् ।

वडाध्यक्ष कृष्ण लुईटेलको सभापतित्वमा भएको उक्त भेलामा नगर उप–प्रमुख कृष्ण कुमारी निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । अधिकांस स्थानिय उपभोक्ताहरुको उपस्थिति रहेको भेलालाई वडा सचिव प्रेम सिन्चिउरीले संचालन गरेका थिए ।

सम्बन्धित खवर