खेलकूद विधेयक प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

खेलकूद विधेयक प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक,२०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।

बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री विकले स्वच्छ र अनुशासित खेलाडी उत्पादन गरी देशको गरिमालाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन राष्ट्र तथा खेलक्षेत्रको हितका लागि सो विधेयक ल्याइएको बताउनुभयो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक २०७५, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लेखा परीक्षण विधेयक २०७५ सम्बन्धी समितिका प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो ।

त्यसैगरी राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विशेष आर्थिक क्षेत्र ९पहिलो संशोधन० विधेयक, २०७५’ र भूउपयोग विधेयक, २०७५ लाई टेबुल गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन ३० गते अपराह्न १ बजे बस्नेछ ।

सम्बन्धित खवर