कृषकलाई १२ थान वोर्डिङ मटर बितरण

कृषकलाई १२ थान वोर्डिङ मटर बितरण

पथरी, मोरङको पथरीशनिश्चरे ६ का १२ वटा कृषक समूहलाई पानी तान्ने वोर्डिङ मटर वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरेर वडा कार्यालयले १२ वटा कृषक समूहलाई एक/एक थानका दरले २ हर्षपावरको मटर वितरण गरेको हो ।

वडाको बजेटबाट कृषिका लागि भनेर विनियोजन गरेको बजेटबाट २ लाख बराबरको मटर वितरण गरिएको हो । वडा नं. ६ मा अधिकांस जमिन पैनी तथा खोलाको पानी नपुग्ने अग्लो भूभाग रहेको छ । सो क्षेत्रका किसानलाई लक्षित गरेर मटर वितरण गरेको वडा अध्यक्ष जय बहादुर तामाङले बताए । वडामा भएका सुख्खा ग्रस्त क्षेत्रबाट एक एकवटा समूह बनाएर वडामा पेश गर्न लगाएको र सोही अनुसार १२ वटा समूहलाई मटर वितरण गरिएको तामाङले बताए । एक एकजनालाई दिन सम्भव पनि नहुने, उपयोगिताको हिसाबले पनि समूहिक हुदाँ राम्रो हुने, वडा लगाएत सम्बन्धित निकायमा केही समस्या राख्नका लागि सहज हुने भएकाले सबैले वडाले नै समूह बनाउन लगाएको हो । कृषकलाई अन्य केही समस्या भएमा सामूहिक रुपमा वडामा राखन पनि तामाङले सुझाए । आफ्नो वडामा खेतियोग्य जमिन भएको र आम जनतामा राज्यको उपस्थिती भएको महसुस होस भनेर पनि कृषिका कार्यक्रमहरु गर्नु आवश्यक रहेको तामाङले बताए ।

वडाले गरेको कामले आम कृषकमा ठुलो टेवा पुग्ने कृषक विष्णु प्रसाद रिजालले बताए । एकलैले गरेको काम भन्दापनि समूहमा कामगर्दा सहज हुने गरेको रिजालले बताए । उत्पादन गरेका कृषि उपभोग्य वस्तु बजार पु¥याउने कुरा देखि लिएर हरेक समयमा समूहमा छलफल हुने भएकाले काम गर्न निकै सजिलो भएको रिजालले अनुभव सुनाए ।

कार्यक्रममा वडा सदस्यहरु, नगरको कृषि शाखा प्रमुख सावित्रा दाहाल, वडा सचिव मिना कुमारी वर्मा लगाएतको उपस्थिती रहेको थियो । वडा नं. ६ ले यस अघिपनि कृषिलाई प्रमुख प्राथमिकतामा राखेर मल, बीउ, कृषि औजार लगाएतका सामाग्रीहरु वितरण गरेको थियो ।

सम्बन्धित खवर