मोरङ र सुनसरीमा पनि बर्ड फ्लू देखिएको छ । पन्छीजन्य जीवमा भेटिने बर्ड फ्ल सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचामा भेटिएको हो ।
दुई स्थानमा ब्लड फ्लू भेटिएपछि ३ हजार ३ सय ५० कुखुरा नष्ट गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार बुधवार सुनसरीको इटहरी उपमहानगरपालिका १८ लविपुरमा सञ्चालित बि एण्ड जी अर्गा्निक कृषि फर्म र शनिवार सुन्दरहरैँचा नगरपालिका– ११ मा सीता अर्जुन बहुद्धेशीय सहकारी संस्थाले पालेका कुखुरामा बर्ड फ्लू देखिएपछि नष्ट गरिएको हो ।
सुन्दरहरैँचास्थित सहकारीले पालेका २ हजार ५ सय र इटहरीमा सञ्चालित कृषि फर्मले पालेका ८ सय ५० हास र खुकुरा नष्ट गरिएको छ । ‘इटहरीका कुखुरा हिजो(बुधवार) नष्ट गरिएको थियो । सुन्दरहरैँचामा पनि आइतबार कुखुरा नष्ट गरी खोर सिल गरिएको थियो । सिल गरेको खोर ४५ दिनसम्म बन्द रहनेछ ।
उच्च सर्तकता
दुई स्थानमा ब्र्ड फ्लू देखिएपछि प्रशासनले कुखुरा निर्यात र पालनमा उच्च सर्तकता अपनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकरी मन्त्रालयसँगको समन्वयमा अनुगमनलाई तिब्र बनाइएको छ । कुखुरा फर्महरूको अनुगमन गरिरहेको बताउँदै उनले शंकास्पद कुखुरा भेटिए समन्वय गर्न आग्रह गरे ।
कृषकलाई क्षतिपूर्ती
बर्ड फ्लूका कारण सबै कुखुरा नष्ट गरिएका कृषकलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । इटहरीको कृषि फर्मलाई प्रदेश सरकारले र सुन्दरहरैँचाको कृषि फर्मलाई केन्द्र सरकारलाई क्षतिपूर्तीका लागि लेखेर पठाइएको मन्त्रालयका सचिव बिष्टले जानकारी दिए ।